बुद्धले अनुमति दिएका औषधिहरु र उपचार विधीहरु

Monk's Blog
3 min readJun 25, 2021

त्यति वेला प्रचलित औषधि उपचार विधिहरु मध्ये भिक्षु-भिक्षुनिका लागि बुद्धद्वारा अनुमति दिइएका उपचार विधि विनय पिटकको भेसज्जक्खन्घक (भैष्ज्य स्कंधक अर्थात औषधि संबन्धि खण्ड) मा उल्लेख छ। भिक्षु-भिक्षुनीले गर्न हुने र नहुने नियमहरुको संग्रहको त्रिपिटक मध्येको एक विनय पिटक हो। भिक्षु-भिक्षुनीहरुका लागि स्वस्थ रहन र विमारि लाग्दा उपाचार गर्नका लागि बुद्धले विभिन्न समयमा दिएका अनुमतिहरु संग्रहित छन् यस भेसज्जक्खन्घक मा। त्यहि खण्डको केहि रोचक औषधिहरु र उपचार विधिहरु छोटकरिमा तल राखिएको छ।

*पौष्टिक पदार्थः घिउ, मख्खान, तेल, मह, खुंदो (सक्खर) सेवन गर्न र ७ दिन सम्म राख्न अनुमति।

*सर्दि याममा निकै दुब्ला-कमजोर भिक्षु-भिक्षुनीहरुका लागि रिछको बोसो, माछाको बोसो, सोंसको बोसो, सुंगुरको बोसो, गधाको बोसो, तेलसंग मिलाएर सेवन गर्ने अनुमति।

*बेसार, अदुवा, बच (एक औषधिय वनस्पति), वचस्थ, अतिस, खस (खसखस), भद्रमुक्ता (नागरमोथा), या अन्य कुनै पनि जरा-मूलवाला औषधि सेवन गर्ने अनुमाति।

*निमको कषाय(काडा), कटुजको काडा, पटोल(परवल)को काडा, पग्गड (तितो स्वाद भएको एक फल), नक्तमाल र अरु पनि काडाको औषधि सेवनको अनुमति।

*निमको पात, कटुजको पात, पोटलको पात, तुलसिको पात, कपासीको पात, र अरु पनि पातको औषधि सेवको अनुपति।

*विडंग, पिप्पली, मरिच, हर्रो, बहेरा (बहेर), अमला, गोष्ठफल, र अन्य फलको औषधि सेवनको अनुमति।

*हिङ्ग, तक, सज्जु, या अन्य गोंद (गुंद)वाला औषधि सेवनको अनुमति।

*समुद्रिक नुन, सिंधे(सिरे) नुन, वानस्पति नुन, विडाल नुन, र अन्य नुन औषधिको रुपमा सेवनको अनुमति।

*सरिर चिलाउने, पिड्का उठ्ने, आश्रव (पिप) बग्ने स्थुलकक्ष रोग या सरिरवाट दुर्गन्ध आउने भए चुर्णवाला औषधि लागउनेको अनुमति। छकन (गाइको गोवर), माटो र पाकेको रंगको चुर्णको अनुमति। चुर्ण वनाउन ओखल र मुसल राख्ने अनुमति। चुर्ण छान्न चालनि राख्ने अनुमति।

*आंखाको रोग भएमा कालो अंजन (गाजल), रस-अन्जन, स्रोत (नदिको धारमा पाइने) अन्जन, गेरु आदि औषधिको रुपमा गाजल लगाउने अनुमति।

*टाउको दुखेको वेला टाउकोमा तेल लगाउने अनुमति। तेलले ठिक नभए नस (नकाले औषधि सुंघ्ने) लिने अनुमति। नसले पनि ठिक नभए धुंवा वनाएर पान गर्ने अनुमति। यसले धेरै भिक्षुको घांटिमा जलन भएपछि धूमनेत्र (चिलिम) राख्ने अनुमति।

*वात भएमा (औषधिय)तेल पकाउने अनुमति। यस्तो तेलमा मध्ध (रक्सि) हाल्नु पर्ने हुन्थ्यो, यस्कोलागि बुद्धलाई सोध्दा बुद्धवाट रक्सिहाल्न अनुमति। कतिले अलि धेरैनै रक्सिहालेर तेल पकाउन थाले र सेवन गरी मात्तिन थालेकाले, अत‍ि कम मात्रामा मात्र रक्सि हाल्न अनुमति।

*वातको रोगिका लागि संभर-स्वेद(पसिना निकाल्न अनेक प्रकारका पातहरुमा सुत्ने) गर्ने अनुमति। यसलेपनि नभए महास्वेद (खाडल खनेर त्यसमा आगोको कोइला हालेर त्यसलाई माटो र वालुाले भरी, त्यसमा पसिना निकाल्ने पातहरु राखेर त्यस माथि सुत्ने) गर्ने अनुपति। यतिले पनि निको नभए ती पातहरुको काडा पकाएर सरिरमा दलि-दलि पसिना निकाल्ने भंगोदक गर्ने अनुमति। यतिले पनि नभए उदककोष्टक (गरम पानिले भरिएको भांडोमा बसेर पसिना निकाल्ने) गर्ने अनुमति।

*पैतला फूटेमा औषधिवनाउन र मालिश लगाउन अनुमति।

*फोडा (पिलो) भएमा शस्त्रकर्म (चिरफार) गर्ने अनुमति।

*घाउभएमा काडा-पानी(जडिबुटिको रस) वनाउने र पट्टि बांध्ने अनुमति।

*सर्पले टोकेमा महाविकटहरु (जस्तै पखाना (दिसा), पिसाव, खरानि र माटो) खुवाउने अनुमति।

*विष खाएमा पखाना(दिसा) पिलाउने अनुमति।

*घरदिन्नक रोग लागेमा हराई (सिता, हलोको फाली) को माटो पिलाउने अनुमति।

*दुष्टग्रह(भूत) लागेमा आमिषोदक (अन्न जलाएर बनाइएको सीरा) पिलाउने अनुमति।

*पाण्डुरोग (जण्डिस) भएमा (गौ) मुत्र पिलाउने अनुमति।

*जुलपित्ति (छालाको एक प्रकारको रोग) भएमा गंधकको लेप लगाउने अनुमति। सरिर सुन्निएमा जुलाव पिउने अनुमति।

भवतु सब्ब मंगलम् ।

--

--