यौनिकताः भावनात्मक आकर्षण कि जैविक यूध्द?

Monk's Blog
4 min readAug 28, 2021

समाजमा बलात्कातरको घटना पछि अक्सर सुन्ने गरिन्छ ‘महिलाहरुले छोटा लुगा लागाएर घर वाहिर निस्कने गरेका कारण’ बलात्कार भएको भनेर महिलालाई नै दोष लागाउने गरिन्छ। के यो सत्य हो त? पुरषले त झन् पुरा छाति देखाएर, अझ छोटा लुगा लगाएर खुलम्खुल्ला हिड्ने गरेका छन् त। कट्टुमात्र लगाएर तिघ्रा देखाउंदै र छाति फूलाएर पुरुषहरु सहरका सडकमा दिन या रात, कुनै पनि समय निस्कने गरेका छन् त। पुराना जमानमा पनि त कछाड, लंगौटि, लुङ्गि या धो‍ति मात्र लगाउंने गर्थे पुरुषले र अझैपनि गर्छन् गांऊ देहात तिर। तर पुरषहरु बलात्कारका शिकार त भएनन् छोटा लुगा लगाएकै कारण। के छोटा लुगा बलात्कारको कारण हो त, अनि पुरुष बलात्कार हुने संख्या नगन्य छ, जव कि महिला र तेस्रोलिङ्गि बलात्कार र यौन हिंसाको शिकार हुने संख्या निकै धेरै छ। यो फरक किन?

यौन हिंसा र बलात्कारको मानशिकता बुझ्नका लागी समाजको संरचना र समाजले बोकेको यौनिकाताको अवधारणालाई बुझ्नु आबश्यक हुन्छ।

कुनै समाज पितृसत्तात्मक छ कि मातृसत्तात्मक छ भनेर हेर्न त्यो समाजले ‘यौनिकता माथी राख्ने नैतिक निगरानी (moral policing) कस्तो छ’ भन्नेमा भर पर्छ। यदि यौनिकता (खास गरी महिला र तेस्रोलिङ्गिको) माथी नैतिकताको निगरानी कडा छ भने पितृसत्ता दरो छ, कम छ भने पितृसत्ताको प्रत्याभूति पनि कम छ। र यदि महिला र तेस्रोलिङ्गिको यौनिकता, खास गरीगरन ऊनीहरुले यौन साथी छान्ने स्वतन्त्रता छ र यौन संबन्ध राख्ने कि नराख्ने निर्णय गर्न सक्ने अधिकार छ भने पितृसत्ता नभई ‘समानताको सत्ता’ रहेको समाज भनेर बुझ्न सकिन्छ।

पुरुषले गैर पुरुष(महिला र तेस्रोलिङ्गि)हरुलाई किन यौनिकताको आधारमा नियन्त्रणमा राख्न चाहान्छ त? किन र कसरी पितृसत्ताले यौनिकतालाई केन्द्रमा राखेर संस्कृति, साहित्य, निति नियम र नैतिकताका विधानहरु सृजना र विकास गरेको हुनसक्छ भनेर जान्नका लागी पुरुष महिलाको संभोग कृयामा पुरुष र महिलाको जैबिक र भावनात्मक अन्तरकृयालाई बुझ्नु आवश्यक हुन्छ।

संभोगको क्रममा महिला सरिरको प्रतिकृया ‘जैविक यूद्ध’को हुन्छ। महिलाको यौनीले विर्यनाषक (spermicide) बनाउन थाल्छ संभोगको क्रममा। औसतमा करिव २५ करोड विर्य(sperm) निस्कन्छन् एक पटकमा पुरुषको, तर अधिकाम्स विर्य मर्छन, यी महिलाको यौनीले उत्पादन गरेका विर्य नाषकद्वारा। महिनाको खास २-३ दिन भित्र मात्र करोडौं विर्य मध्ये एकले विरलै मौका पाउने संभावना हुन्छ आफ्नो अस्थित्व जोगाउने र आफ्नो निरन्तरताको गर्भ धारण गर्ने। त्यसकारण जैविक रुपमा पुरषकोलागि यो अस्तित्व जोगाउने ‘ओलम्पिक’ दौड हो एकातिर भने, अर्कातिर महिलाले छेडेको विर्यनाशक ‘जैविक यूद्धमा’ कसरी आफ्नो ‘विज’लाई वचाएर अस्तित्वको लाडाई जित्ने भन्ने पनि हो। नितान्त जैविक पाटोवाट हेर्ने हो भने महिला र पुरुषको विचको संभोग भनेको जैविक यूद्ध (biological warfare) नै हो। तर भावनात्मक पाटोवाट हेर्ने हो भने संभोगको द‍ृष्टिकोण अर्कै बन्छ। यसमा आकर्षण हुन्छ एकअर्काका प्रति, आनन्द लिन्छन् दुवैले। तर आनन्द निले क्र्ममा पुरुषले ‘सकृय कृयाशिल प्रस्तुति’ दिनु पर्छ, जो कुरा केहि समयका लागि मात्र संभव हुन्छ पुरुषका लागि, चरममा पुग्छ र उसको आनन्द पनि सकिन्छ, केहि घन्टा या दिनका लागी पुरुषले तुरुन्त फेरि आनन्द लिन सक्दैन्। तर महिलाहरु भने तुलनात्मक रुपमा ‘नस्कृय सहभागिता’ जनाएर नै आनन्द लिन सक्छन्। उनीहरुले आनन्द लामो समय लिन सक्छन् र विचमा विश्राम लिनु पर्ने आवश्यकता पनि हुंदैन। त्यसैले पुरुषले यो (संभोगमा आनन्द लिने)विषयमा महिलासंग प्रतिस्पर्दा गर्न सक्दैन। आफूलाई निरिह संझन्छ, डाहा (jealous)गर्छ। सायद यहि निरिहता मूल कारण हुनु पर्छ पुरुषले महिलामाथी नियन्त्रण गर्न खोज्नुमा र सृजना गर्छ यौनिकता नियन्त्रण गर्ने नैतिकताको पाठ। यसमा आधारित भएर सृजना गर्छ संकृति र रितिरिवाज। विवाह र परिवारको अवधारणामा महिलाको यौनिकता माथी नियन्त्रण र अधिपत्य लागु गर्छ पुरुषले। विवाह पूर्व महिला कुमारी हुनु पर्ने मान्यता राख्छ, आफूले वहु पत्नि राखे पनि हुने परमपरा चलाउंछ तर यदि आफ्नो मृत्यु भएमा या त विधवा भएर वांकि जीवन विताउनु पर्ने परम्परा खडा गर्छ, या त श्रीमतीले सती जानु पर्ने चलन चलाउंछ ताकी महिलाले आफ्नो(पतिको) सहभागिता विना यौनिकताको आनन्द लिन नसकुन् भनेर। यति गरेर पनि नपुगेर थप नियन्त्रणका लागि जवरजस्ति गर्न पनि पछि पर्दैन पुरुष। यी सवै मनोवैज्ञानिक परिणाम हुन पुरुषले संभोगमा ‘फिल’ गर्ने हार र निरिहता तथा ‘डाहा’को परिणाम, उसको हरेक क्षेत्रमा जसरी पनि जित्नै पर्ने जिद्दिपनाको परिणाम। यसरी पुरुषका लागि जैविकपाटो वाट हेर्दा पनि संभोग यूद्धनै हो, पुरुषले लड्नु पर्छ अस्तित्वको निरन्तरता जोगाउनका लागि। र भावनात्मक पाटो वाट हेर्ने हो भने पनि संभोगमा पुरुष कमजोर प्रतियोगी हो, उसको हार निश्चित छ यदि उसले महिला माथी अन्य ‘जाल-झेल’ गरेन भने। उसलाई लाग्छ उसको एउटै उपाय भनेको मुढेवल मात्र हो यौनिकताका सवालमा। तर यो जित्नै पर्ने मानशिकता किन वोक्छ पुरुषले? संभोगमा आन्नद लिन छाडेर हार-जितको प्रतिश्पर्धा किन गर्छ पुरुष? पुरुषले जिद्दिपना छाडे समाधानको वाटो सहज हुने थियो, परिवार या वैवाहिक संरचना भित्र महिलाहरुलाई नैतिक निगारानीको कठोर ‘पहरा (watching)’मा राख्ने थिएन। महिला प्राकृतिक रुपमानै पुरषले भन्दा धेरै संभोगसुख लिन सक्छन् भन्ने कुरा पुरुषले बुझ्न सक्यो र स्विकार गर्यो भने महिलाको यौनिकता माथी नैतिकताको निगरानि (moral policing) गर्ने थिएन र महिलाको यौनिकतालाई नियन्त्रण गर्नमा जवर्जस्ति गर्ने पनि थिएन। तर उसको जित्नै पर्ने जिद्दिपनाले मानसिक रुपमा तनावमा रहन्छ पुरुष र बलात्कार जास्ता अपराधहरु गर्न वाध्य हुन्छ।

यसरी बलात्कारको कारण छोटा लुगा नभएर पितृसत्तात्मक समाजले वोकेको यौनिकता संवन्धि अवधारणा हो, जस्ले पुरुषको मानशिकतामा नकारात्मक प्रभाव पारेको छ, उसलाई नियन्त्रणकारी बन्न बाध्य बनाएको छ।

भवतु सब्ब मंगलम्।

भिक्षु कष्यप

--

--