२००० वर्ष भन्दा लामो भ्रमः शिव लिङ्ग

Monk's Blog
5 min readSep 20, 2021

२००० वर्ष भन्दा लामो भ्रम, शिव लिङ्गका वारेमा छ। शिवलिङ्गलाई धेरैले शिवको शिष्न (पुरुष यौन अंग) या शिव पार्वतिको यौन अंगको मिलनको रुपमा बुझ्ने गरेका छन्। यसमा, कालान्तरमा, शब्द प्रयोगको सिमितता र लिङ्गको आकृतिले सृजना गरेको भ्रमले काम गरेको बुझ्न सकिन्छ।

‘लिङ्ग’ शब्दले चिन्ह, संकेत, लक्षण वा प्रतिक अर्थलाग्छ। बालबालिकामा ‘पुरुष वा महिला’का सबै लक्षणहरु विकास भैसकेका हुंदैनन्। त्यसैले पुरुषहुने हो वा महिलाहुने हो भन्ने एउटै स्पष्ट लक्षण ‘यौनअंग’ मात्र छुट्याउन सकिने हुन्छ। यौनि(Vegina) भए स्त्रीलिंगि वा वालिका र तुरि(penis) भए पुलिङ्गि वा बालक भनेर चिनिन्छ‌। बालबालिकाहरु बयस्क हुदै जांदा अरु लक्षण वा चिन्ह हरु विकास हुंदै जान्छ, जस्तो पुरुष भए दारिजुंगा आउने, सरिरमा मांसपेशी हरु कडा हुने, स्तन नवड्ने, ‘रुद्रघण्टि’ देखिने आदि। त्यस्तै महिलाभए छाला र सरिर नरम हुने, स्तन वड्ने, दारिजुंगा नआउने, रजस्वला हुने आदि। अधिकांश वालक भनेर चिनिने ब्यक्तिमा वयस्क हुंदा पुरुषमा हुने लिङ्गहरु (अर्थात् चिन्हहरु वा लक्षणहरु वा संकेतहरू वा प्रतिकहरु) देखा पर्छन् र बालिकाहरुमा महिलामा हुने लिङ्गहरु देखा पर्छन्। तर अल्पसंख्यक बाकबालिकाहरुमा भने अलिकति फरक तरिकाले लिङ्गहरु (लक्षण वा चिन्ह वा संकेत वा प्रतिकहरु)को विकास हुन्छ। उनिहरुमा बालिकाको यौनअङ्ग भएपनि हुर्कदा पुरुषमा हुने लिङ्गहरु (अर्थात् चिन्हहरु वा लक्षणहरु वा संकेतहरू वा प्रतिकहरु) देखा पर्न सक्छन्। त्यस्तै बालकको यौनअङ्ग भएपनि हुर्कदा महिलामा हुने लिङ्गहरु (अर्थात् चिन्हहरु वा लक्षणहरु वा संकेतहरू वा प्रतिकहरु) देखा पर्न सक्छन्। यस्ता ब्यक्तिलाई पूर्विय दर्शन अनुसार ‘तेस्रो लिङ्गी’ भनेर भनिएको छ।

यसरी ब्यक्ति जन्मदा पुरुष, महिला वा तेस्रोलिङ्गि हुने चिन्ह वा संकेत (अर्थात लिङ्ग) नै ती वालवालिकाको यौन अंग वाट मात्र थहा हुने भएकाले ‘लिङ्ग’ शब्दको प्रयोग यौन अंग खुट्ट्याउन लागि प्रयोग भयो र पछि पछि यसै सिमितअर्थमा मात्र हुन थाल्यो। र मानिसहरुले ‘लिङ्ग’ भनेकै व्यक्तिका ‘यौन अंग’ बुझ्न थाले। अनि शिव लिङ्गलाई शिवको शिष्न (पुरुष जनेन्द्रिय) बुझ्न थाले, जो गलत छ। यसरी गलत बुझाईका कारण शिवलिङ्गका आकार, प्रकार पनि विस्तारै परिवर्तन हुन थाले समयक्रममा।

आधुनिक शिव लिङ्ग यस्ता सम्म पनि बनाइएका छन्ः

अलि पुराना तर २००० वर्ष यताका शिवलिङ्ग यस्ता बनाइएका छन्ः

जवकि, निकै पुराना (ओरिजिनल) शिवलिङ्गहरु यस्ता थिएः

तेसो भए शिव लिङ्ग के को प्रतिक वा चिन्ह हो त?

ऋग्वेदभरि कहीँ पनि शिवको उल्लेख छैन (ऋग्वेदले एघार भिन्न रुद्रबारे उल्लेख गरेको छ। शिवलाई रुद्र पनि भन्ने भएकोले त्यसैलाई शिववारे ऋग्वेदमा उल्लेख भएको भनेर भनिएता पनि यो भ्रम मात्र हो । ती रुद्रशंग पुराणमा उल्लेख ‘शिव’ मिल्दैनन् ।

(मेरो बुझाइमा) हुन त शिव कुनै एउटा देवता (वा ब्यक्ति) नभै आध्यात्मिक अभ्यासवाट प्राप्त हुने चेतनाको उच्चतम अबस्थाहो, मुक्त अबस्था हो । त्यसैले भगवान बुद्धले निर्वाणको अबस्थालाई ‘शिव’ पनि भन्नु भएको छ। यहि ‘शिव अबस्था’ प्रात्त गर्नका लागि (विज्ञान भैरव तन्त्रका अनुसार)अनेक ध्यान साधना मध्ये एउटा साधना तेस्रो आंखाको ध्यान गर्नु हो। यो तेस्रो आंखा खुल्यो भने ‘शिव’ प्राप्ति हुन्छ भनिएको छ। पुराणहरुमा शिवको (तस्विर या मूर्ति वनाउंदा) निधारमा खुलेको तेस्रो आंखा देखाइएको हुन्छ। हुन त पुराणहरुमा हमेशा पुरुषको चित्रमा देखाईएको छ शिवलाई, पितृसत्ताको प्रभाव मान्नु पर्छ। नत्र शिव-अवस्थाको प्राप्ति महिला तथा तेस्रो लिङ्गिलाई पनि हुन सक्छ।

शिवलिङ्ग संग कहिले कांहि फन उठाएको नाग देखाइन्छ। नाग सामान्य अबस्थामा दुष्टताको प्रतिक भए पनि, फन उठाएको नागले जागरुकताको संकेत गर्छ।मतलव जागरुक भएर तेस्रो आंखाको ध्यान गर्नु भनिएको हो।

शिवको अनेक नाम मध्ये एउटा नाम ‘त्रिलोचन’ पनि हो।

तेस्रो आंखा भनेको के हो? काहां हुन्छ?

कुण्डलिनि यौगिक प्रणाली अनसार सरिरका ७ चक्रहरु मध्ये छैटौं चक्र अर्थात आज्ञा चक्रलाई नै तेस्रो आंखा भनिएको हो, जो दुई आंखाको विचमा तर खप्परको भित्रि भागमा हुन्छ भनिएको छ। यो सामान्यतया बन्द रहन्छ र ध्यान साधना द्वारा खुल्यो भने मानिसमा सहि देख्न सक्ने बुद्धि-विवेक जाग्छ, ज्ञान चक्षु खुल्छ। यो खुले पछि अनेक शिद्धिहरु प्राप्त हुने र मानिस दुखवाट मुक्त अबस्थामा पुग्छ भनिएको छ।

वैज्ञानिक रहस्यः

मस्तिष्कको दुई भागको बीच एउटा पीनियल ग्ल्याण्ड हुन्छ। तेस्रो आंखा भनेर यसैलाई दर्शाउंछ। यो पीनियल ग्ल्याण्डको काम एक हर्मोन वनाउने हो जस्लाई मेलाटोनिन हर्मोन भनिन्छ, जुन प्राणिहरुको ‘सुत्ने र जागने’ घटना चक्रको संचालन गर्छ। यो मेलाटोनिन हर्मोनको मात्राले मानिस खुसि हुने वा उदास हुने कुरामा पनि प्रभाव पारेको हुन्छ। अनेकानेक मनोविकारहरु र मानसिक गुणहरुको सम्बन्ध यहि हार्मोन्स संग भएको कुरा वैज्ञानिकहरु बताउंछन। यो पिनियल ग्रंथि प्रकाश प्रति निकै संवेदनशिल छ त्यसैले पनि होला यसलाई तेस्रो आंखा भनिएको।

पिनियल ग्ल्याण्डको आकार झ्वाट्ट हेर्दा सल्लाको खोया (pine cone) जस्तो देखीन्छ त्यसैले यसलाई पिनियल ग्ल्याण्ड भनिन्छ।

तर यो ग्रन्थि रहेको संपूर्ण भागलाई हेर्यो भने यस्को आकार आंखा जस्तो देखिन्छ।

अनि यस आकृतिलाई माथिवाट हेर्यो भने ती ‘ओरिजिनल शिव लिङ्ग’को आकार संग मेल खान्छ।

यो तलको चित्रमा त झन, खुलेको तेस्रो आंखा (पिनियल ग्ल्याण्ड)वाट रस (हरमोन) पुरा ब्रम्हारन्ध्रमा बगेको देखिन्छ, असिमित आनन्दको अवस्था दर्शाउने, ‘शिव-अबस्था’को प्राप्तिको संकेत।

तर यो तेस्रो आंखाको चिन्ह अर्थात ‘शिव लिङ्ग’ नेपाल-भारतमा मात्र सिमित छैन। भ्याटिकन चर्चमा पिनियल ग्रन्थिलाई महत्वका साथ राखिएको छ।

काम्वोडियामा पनि पाइन्छः

A Cambodian Shiva head showing a third eye

इजिप्टमा पनिः

eye of horos, egypt

जोर्डनमा शिवलिङ्गः

हुंदा हुंदा अमेरिकि डलरमा समेत छ तेस्रोआंखाः

अन्तमा,

यसरी शिव लिङ्ग’ भनेको कुनै शिव भन्ने पुरुषको यौन अंग होइन, जो लामो समय देखि भ्रममा पारिएको थियो।। ‘शिव’को अर्थ मंगल, कल्याण, निर्वाण, मोक्ष भन्ने लाग्छ। त्यसकारण ‘शिव लिङ्ग’ अर्थात खुलेको तेस्रो आंखा भनेको पनि मंगल वा कल्याण वा निर्वाणको प्रतीक वा संकेत वा चिन्ह हो, नाकि कुनै पुरषको यौन अंग।

भवतु सब्ब मंगलम्।

--

--